काठमाडौंबाट काँकडभिट्टातर्फ आइरहेको हायसका सहचालकलाई केर्खामा खुकुरी प्रहार

झापाको कमल गाउँपालिकास्थित केर्खाको बस बिसौनीमा अज्ञात व्यक्तिले सहचालक सिन्धुली गोलन्जोर गाउँपालिका- ४ बस्ने २१ वर्षीय माधव पौडेलमाथि खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । यात्रु ओराल्न रोकिएको बेला सहचालकमाथि एक्कासि खुकुरी प्रहार भएको हायसका चालकले बताएका छन्। चालक भने सुरक्षित छन् ।

बा ४ ख २९६५ नम्बरको उक्त हायसका घाइते कर्मचारी पौडेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको झिलझिलेस्थित लालीगुराँस हेल्थ केयर सेन्टरका स्वास्थ्यकर्मीले बताएका छन् । घाँटी र डढेल्नोमा गहिरो चोट लागेका सहचालक पौडेलको लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल रेफर गरिएको सेन्टरले जनाएको छ ।

EPIC EPIC EPIC

काठमाडौँबाट झापाको केर्खासम्म आएका पुरुष यात्रुले हायसका सहचालक पौडेलसँग दिउँसोदेखि नै विवाद गरिरहेका थिए । उनैले साथी बोलाएर सहचालकमाथि धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले आक्रमणकारीको खोजी कार्य सुरु गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *