काठमाडौंमा ठूलो वर्षाको संकट टर्‍यो, अब कोशी प्रदेशमा भारी वर्षा

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् ।

यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ । काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले भने, ‘काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ ।’

मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले बताए ।

उनका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावलेपाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि कमजोर हुने उनले बताए ।

‘आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा आइसोलेटेड रुपमा भारी वर्षाको सम्भावना देखिन्छ,’ अर्यालले भने, ‘तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जाने छ ।’

गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *