Search
Close this search box.
Search
Close this search box.

कुम्भ मेलामा चारजना बेहोस भएपछि उद्धार गरियो

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारणले बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

बराहक्षेत्र १० बस्ने ३० वर्षकी रिना पोख्रेल, काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने ४५ वर्षीय अच्युत चौलागाई, उदयपुरकी ५६ वर्षीया मञ्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएका थिए ।

EPIC

बेहोस भएपछि सुरक्षा बेस चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि चतरा अस्पताल पठाएको हो ।

गत चैत्र २७ बाट वैशाख २८ गते सम्म सञ्चालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर सहित विपद् उद्धार टिम समेत परिचालन गरेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *