सुरुङ्गा। कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा बिजयी हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनको आज अहिले साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो । थापाले अर्का प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गर्नुभएको हो । शेयरबहादुर थापाले जम्मा ५२३ मत ल्याउँदा उहाँका निकत्तम प्रतिद्धन्द्धी नरेन्द्रप्रसाद फुयालले ३७६ मत मात्रै ल्याउनुभयो । यसैगरि महासचिवमा समेत शेरबहादुर थापाकै दिनानाथ खतिवडा बिजयी हुनुभयो । खतिवडाले ४३५ मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी यहाँका दलका तर्फबाट उम्मेद्धारी दिनुभएका कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याउनुभयो । बाकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्धारी दिनुभएका उम्मेद्धारहरु बिजयी हुनुभएको हो । सदस्यहरुको भने मतगणना जारी रहेको छ ।
पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्धारी दिनुभएका निर्मल खतिवडाले ४८२ मत ल्याएर बिजयी हुनुभयो । उहाँका प्रतिद्धन्द्धी शेरबहादुर प्यालनका डिल्लीराम बाह्रकोटीले ३८९मत ल्याउनुभयो । यसैगरि धार्मिक उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्धारी दिनुभएका प्रकाश थापा ४८१ मतका साथ बिजयी हुनुभयो उहाँका प्रतिद्धन्द्धी स्वतन्त्रका चन्द्र भेटवालले ३७६ मत ल्याउनुभयो । यसैगरि पर्याटन उपाध्यक्षमा दलकै तर्फबाट उम्मेद्धारी दिनुभएकी अम्बिका खरेलले ४९४ मतका साथमा बिजयी हुदा उहाँका प्रतिद्धन्द्धी स्वतन्त्रका रामप्रसाद अधिकारीले ३६७ मत ल्याउनु्भयो । यसैगरि सचिवमा समेत दलका तर्फबाट उम्मेद्धारी दिनुभएका यामनाथ खतिवडा ४७९ मतका साथमा बिजयी हुदा उहाँका प्रतिद्धन्द्धी स्वतन्त्रका युवराज पौडेलले ३३३ मत र अर्का स्वतन्त्र उम्मेद्धार अर्जुनकुमार बस्नेतले ५३ मत ल्याउनुभयो । कोषाध्यक्षमा समेत दलका तर्फबाट उम्मेद्धार दिनुभएका मानबहादुर पौडेलले ४८९ मत ल्याएर बिजयी हुदा उहाँका प्रतिद्धन्द्धी थापा प्यानलका तर्फबाट उम्मेद्धारी दिनुभएका अम्बिका चापागाईले ३२० मत मात्रै ल्याउनुभएको छ । कुल ११२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले बताउँनुभयो ।
कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएका थिए