कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने सहमति

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्वय समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो । 

EPIC

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।केन्द्रमा गठबन्धनको शीर्ष नेतृत्वबीच कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमति विपरीत शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले ‘विद्रोह’ गरेका थिए ।

EPIC EPIC EPIC

नेकपा एमालेका ३९ र कांग्रेस शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदै छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *