काठमाडौँ, श्रावण ९। आज शुक्रबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ।
आज राति कोशी प्रदेश लगायतका पहाडी भूभागमा साधारणतया बदली रही, बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
मौसम विज्ञान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।