कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यिनै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ।

त्यस्तै, देशका अन्य भागमा पनि केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको छ। उच्च–पाहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज रातिको मौसम पनि दिनजस्तै रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा मेघगर्जनसहितको वर्षा देखिनेछ भने ती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। साथै, कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा तथा पूर्वतर्फ केही उत्तरतिर सरेको छ, जसका कारण देशका धेरैजसो भूभागमा वर्षाको सम्भावना देखिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *