कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा

काठमाडौं, जेठ ७ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रभावका कारण आज दिउँसो र राति देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। उच्च–पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ।

EPIC EPIC EPIC EPIC EPIC


आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदलीको अवस्था रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *