कोशी प्रदेशका निजामती कर्मचारी र शिक्षकका लागि कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गरिँदै

विराटनगर । कोशी प्रदेश सरकारले ढाका कपडा उद्योगको संरक्षण र प्रबद्र्धनका लागि आगामी आर्थिक वर्षदेखि प्रदेश भरका निजामती कर्मचारी र शिक्षकका लागि कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गर्ने तयारी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विहीबारदेखि सुरु तीन दिने ढाका महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री हिकमतकुमार कार्कीले ढाका उद्योगलाई प्राथमिकता दिने बताएका हुन् ।

EPIC EPIC EPIC

प्रदेश भरका निजामती कर्मचारी र शिक्षकको पोशामा ढाका कपडा अनिवार्य गर्न प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर ढाका कपडाको प्रवद्र्धन र उद्योगको संरक्षण गर्ने सरकारको लक्ष्य रहेको कार्कीले बताए ।

संघीय र प्रदेश सरकारले निजामती कर्मचारी र शिक्षकलाई हरेक वर्ष पोशाक भत्ता उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘त्यही भत्ताले कार्यालय पोशाक ढाकाको कपडा किन्नु उपयुक्त हुन्छ ।’

प्रदेश भरका निजामती कर्मचारी र शिक्षकलाई ढाका कपडाको पोशाक अनिवार्य लगाउन प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि नीति नै बनाउँदै छ । ‘यो अभियानले ढाका कपडाको प्रवद्र्धन र उद्योगको संरक्षण हुने विश्वास छ,’ उनले भने ।

हिमाल, पहाड र तराईको मौसम अनुसार ढाकाको कपडा उत्पादन गर्न कार्कीले सम्बद्ध उद्यमीलाई आग्रह गर्दै अन्य प्रदेशमा पनि निजामती कर्मचारी र शिक्षकको पोशाक ढाका कपडाको अनिवार्य गर्न संघीय सरकार, प्रदेश सरकार र मुख्यमन्त्रीसँग आफूले पहल गर्ने कार्कीले आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय महिला समिति अध्यक्ष कमला श्रेष्ठले ढाका कपडा नेपालीहरुको पहिचान र गौरवसँग जोडिएकाले यस्ता उद्योगको संरक्षण र प्रबद्र्धनका लागि सरकारलाई आग्रह गरिन् । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले प्रदेश भरका निजामती कर्मचारी र शिक्षकलाई कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।

कोशी प्रदेशमा साना ठूला गरेर करिव ३०० ढाका कपडा उद्योग सञ्चालनमा छन् । ति उद्योगमा २ हजारभन्दा बढीले रोजगार पाएको प्रारम्भिक आँकडा छ । अधिकांश उद्योगमा महिलाको स्वामित्व छ । प्रदेशको उत्पादन मुलक क्षेत्रमा ढाका कपडा उद्योगमा हिस्ता करिब १० प्रतिशत रहेको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *