कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड गर्ने प्रयास

screenshot 20230320 162630 chrome

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।

EPIC EPIC EPIC

आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका– २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।

मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए । ‘मुख्यमन्त्रीको सवारीका क्रममा आन्दोलनकारीले गाडी अगाडि आएर रोक्न खोजे, हामीले हटायौं,’ उनले भने, ‘सवारी साधनमा क्षति भएको छैन ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च