बुद्धशान्ति/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने डी आकृतिको नेपालकै तेस्रो र कोशी प्रदेशकै पहिलो ४७६ मिटर लामो झोलुङ्गे पुल । उक्त पुलको निर्माण कार्य सम्पन्न भएको छ । गत असारमा शिल्यानास गरी सुरु गरिएको पुलको अव केही दिनमै उद्घाटन गरिनेछ ।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिक बनेको पुल सञ्चालनमा आएपछि बुद्धशान्ति ७ र ६ सहित रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडाका किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन सहज हुनेछ ।
यो तरकारी पकेट क्षेत्र पनि हो । पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्याउन असहज भइरहेको अवस्थामा अव भने केही राहत मिल्ने भएको छ । निर्माण भएको पुलको लागत ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ ।