झापा। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ।
यसैगरी, राति कोशी र मधेशसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



















