कोशी र बागमतीमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं। कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कोशीको झापा र आसपास तथा बागमतीको नुवाकोट र सिन्धुपाल्चोक आसपासमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यसैबीच गएको शनिवार बेलुकादेखि सक्रिय भएको प्रणालीले पर्याप्त पानी पार्ने आशा रहेको भए पनि पूर्वानुमान् अनुसार पानी पर्न सकेन ।

कोशीमा झापा र धनकुटा, गण्डकीमा कास्की, सुदूरपश्चिममा कञ्चनपुरलगायतका सीमित ठाउँमा ठूलो पानी परेपनि औषतमा मध्ययम वर्षा भएरै प्रणाली कमजोर बनेको छ ।

मनसुन शुरू भएयता निकै कम पानी परेको मधेश प्रदेशमा यस पटक पनि पर्याप्त पानी परेन । पर्याप्त पानी नपरेका कारण मधेशसँगै मध्यपहाडका धेरै ठाउँमा अझै रोपाइँ हुन सकेको छैन । सिँचाइको सुविधा नभएका खेतहरु बाँझै छन् ।

यसपाली मनसुनमा औषतभन्दा बढी बर्षा हुने पूर्वानुमान् रहेकोमा मनसुन भित्रिएको डेढ महिनासम्म अपेक्षित बर्षा भएको छैन ।

मनसुन भित्रिएपछि मौसमविद्हरुले ३–४ पटक नै ठूलो वर्षाको पूर्वानुमान् गरे । तर पूर्वानुमान् अनुसार पानी पर्न सकेन । सीमित ठाउँमा पानी परे पनि धेरै ठाउँमा निकै कम पानी परेको छ ।

यस वर्ष मनसुनको अवधि अझै झन्डै साढे दुई महिना रहेकोले ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *