कोशी र मधेसमा सरदरभन्दा कम वर्षा हुने


काठमाडौं। जल तथा मौसम विज्ञान विभागले अद्यावधिक मनसुनी आकलन जारी गर्दै मधेश प्रदेशको दक्षिणी भूभागमा आगामी तीन महिनासम्म सरदरभन्दा कम वर्षा हुने जनाएको छ।

बुधबार सार्वजनिक गरिएको आकलनअनुसार असार १७ देखि असोज १४ सम्मको अवधिमा मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको दक्षिणी क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने देखिएको विभागले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

विभागले वैशाख महिनामा गरेको प्रारम्भिक पूर्वानुमानमा मधेशमा सरदर हाराहारी र कोशी प्रदेशको तराई क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो। तर, पछिल्लो अवलोकनले विशेषगरी मधेशको पूर्वी भागमा अपेक्षा अनुसार वर्षा नहुने प्रक्षेपण देखाएको हो।

कोशी प्रदेशअन्तर्गत झापा, मोरङ, सुनसरी, इलाम र धनकुटामा सरदर हाराहारी वर्षा हुने देखिएको छ भने पाँचथर, भोजपुर र खोटाङका दक्षिणी भूभागमा पनि सरदरअनुसार नै वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद् सुदर्शन हुमागाईँका अनुसार, मधेश र कोशी क्षेत्रबाहेकका अन्य प्रदेशहरूमा पूर्वानुमान यथावत् रहेको छ। “मधेशमा अहिले पनि पर्याप्त वर्षा भएको छैन, आगामी तीन महिनामा पनि वर्षा सरदरभन्दा कम हुने सम्भावना बलियो देखिएको छ,” उनले भने।

उनका अनुसार अन्य क्षेत्रहरूमा भने पूर्वानुमानअनुसार नै वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी तथा गण्डकी प्रदेशको अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने ६५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी, गण्डकीको उत्तर–पूर्वी, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा पनि ४५–५५ प्रतिशत सम्भावना रहेको उल्लेख छ।

यस वर्ष नेपालमा मनसुन १५ दिन अघिल्लो मितिमा १५ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको थियो र ६ असारमा देशभर फैलिएको थियो। मनसुन याम जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिमा रहने गर्दछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *