खोल्सामा डुबेर इलाममा एकजनाको मृत्यु

झापा । इलाममा खोल्सामा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी २.३० बजे इलाम सूर्योदय नगरपालिका ७ बस्ने ४० वर्षीय बेलकुमार घले आफ्नो घरभन्दा अन्दाजी ५०० मिटर पूर्वमा रहेको ढिके खोल्सामा खानेपानीको पाईप मर्मत गर्न गएकोमा राति ९ बजेसम्म घर फर्केर नआएपछि उनकी श्रीमती ३० वर्षीया टिकामाया श्रेष्ठ र छिमेकीहरुले खोज्ने क्रममा ढिके खोल्साको डुबेर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक घलेलाई छारे रोगको समस्या रहेको बुझिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *