बुद्धशान्ति । नेपाल शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय इभेन्ट परियोजनाको आर्थिक सहयोग तथा मेची पोलिटेक्निकल ईन्स्टिच्युटको प्राविधिक सहयोगमा बुधबारेमा निशुल्क तालिम सुरु भएको छ ।
बुधबारेको सेम्पल टेक्निकल इन्टिच्युडले निशुल्क रूपमा महिला लक्षित तीन महिना कम्प्युटर हाड्वेयर कार्यक्रम संचालन गरेको सन्चालक मनोज खड्काले बताएका छन् ।
रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवनउपयोगी बनाउन यस कम्प्यूटरको तालिमले थप सहयोग पुग्ने अर्का संचालक उमेश भट्टराईले बताएका छन् ।