कचनकवल। कचनकवलका किसानले गाई पालनबाट मनग्ये आम्दानी लिन थालेका छन्। कचनकवल वडा नम्बर ६ मा रहेको नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाले चिस्यान केन्द्र बनियानीमा सुरु गरेपछि दुध कृषकहरु गाई पालन तर्फ आकर्षित भएको कृषकहरुले बताए।
“म ९० बर्षकी भएँ। यो गाइले दिनमा ३ पटकसम्म दुध दिने गरेको छ। मैले यस्तो अहिलेसम्म देखेकी थिइनँ।” तिन पटकसम्म दुहुइएन भने थुनबाट आफै दुध खस्ने गरेको कचनकवल ६ की वृद्धा रुपा उप्रेतीले बताउनुभयो। उता चिस्यान केन्द्रमा दुध दिने गाई पालकलाई गाउँपालिकाले अनुदान समेत दिने गरेको उप्रेतीले उल्लेख गर्नुभयो।
घर खर्च धान्न विदेश जानु गइराख्नु नपर्ने, विदेशमा जति आम्दानी आफ्नै गाउँमा बसेर गरी रहेको र गाउँपलिकाले कृषक लक्षित अझै यस्ता कार्यक्रम ल्याए कृषकलाई थप प्रोत्साहन मिल्ने सोही स्थानकी महिला कृषक अम्बिका भेटवालले बताउनुभयो।