गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिए

काठमाडौं। गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन्। केही समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह आयोजना गरेका छन्।

समारोहमा दुवै पक्षका आफन्त, साथीभाइ तथा संगीत क्षेत्रका केही विशिष्ट व्यक्तिहरूको उपस्थिति छ। विवाहअघि हल्दी र मेहेन्दी समारोह सम्पन्न भएको थियो, जसका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

गत असारमा अस्मिता र महेशले दुबईस्थित विश्वकै अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए। यी दुईले केही गीतमा सहकार्य गरिसकेका छन् भने विभिन्न कन्सर्टमा समेत संयुक्त प्रस्तुति दिएका छन्। हालका चर्चित संगीतकर्मीमध्ये अस्मिता र महेश दर्शकमाझ निकै लोकप्रिय छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *