गारामनीकी महिला यौन धन्दा चलाएको आरोपमा पक्राउ

झापा। विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाल पक्राउ परेकी छन् ।

विराटनगर ११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर सुनसरी इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी चुँडालले युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएका थिए । उनीहरुले आकर्षक रोजगारी दिने भन्दै विभिन्न ठाउँबाट युवतीलाई ल्याएर यौन व्यवसायमा लगाउने गरेको खुलेको हो।

EPIC EPIC EPIC

युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार चुँडालका व्यावसायिक साझेदार साह भने फरार भएका छन्। उनको खोजी भइरहेको जानकारी बस्नेतले दिए।

वेश्यावृत्तिमा लगाउने गरिएका युवतीलाई राखेको फ्ल्याटमा प्रहरीले छापा हानेर ६ जनालाई उद्धार गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर गत शुक्रबार २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १÷१ जना तथा झापाका २ जना छन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च