गुरागाईंलाई स्वागत गर्ने कर्मचारी र जनप्रतिनिधिमाथि कारबाहीको चेतावनी

काठमाडौं । उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ ।

‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारीहरू अघि सरेका छ्न उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो ।

EPIC EPIC EPIC

सोहीअनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर, कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरूले नगर प्रहरीको अवरोध तोड्दै गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईंको कार्यकक्षमा ताला लगाइएको भए पनि कर्मचारीहरूले ताला फुटाएर प्रवेश गरेका थिए । गुरागाईं विद्युतीय र ढड्डामा हाजिर गरेर तीन बजे फर्किए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. पहिला प्रमाणित हुनु परेन्?
    हल्ला गरो,बसो।गर्नुपर्ने काम त धेरै छन त।
    केही गर्लान जस्तो लागेको थियो अब बिश्वास लाग्दैन।गफाडी मेयर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च