पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिकामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको ग्लोब ट्रट नेपालले स्थानीयस्तरमै हवाई टिकट तथा यात्रा व्यवस्थापन सेवामा उल्लेखनीय पहिचान बनाउँदै गएको छ। छोटो समयमै सेवा गुणस्तर, पारदर्शिता र ग्राहक–मैत्री व्यवहारका कारण यो एजेन्सीले स्थानीय सेवाग्राहीको विश्वास जित्न सफल भएको हो।

बुद्धशान्ति–३ का युवा व्यवसायी सुजन दङ्गालले आफ्नै एकल लगानीमा स्थापना गरेको यस एजेन्सीले ग्रामीण तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज, सरल र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। ठूला सहरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै स्थानीय तहबाटै हवाई टिकट खरिद तथा यात्रासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउन थालेपछि सेवाग्राहीको पहुँच र सुविधा उल्लेखनीय रूपमा बढेको छ।
ग्लोब ट्रट नेपालले नेपालभित्रका आन्तरिक उडानसँगै विश्वका विभिन्न देशहरूका लागि अन्तर्राष्ट्रिय हवाई टिकट सस्तो र प्रतिस्पर्धी दरमा उपलब्ध गराउँदै आएको छ। यसका साथै, वैदेशिक भ्रमण गर्न चाहनेहरूका लागि भिजिट भिसा प्रक्रियामा आवश्यक परामर्श, कागजात तयारी तथा यात्रा योजना बनाउने काममा समेत सहयोग गर्दै आएको सञ्चालक सुजन दङ्गालले जानकारी दिए । उनका अनुसार, “ग्राहकलाई सुरक्षित, भरपर्दो र किफायती सेवा दिनु नै हाम्रो प्राथमिकता हो। सेवा लिने हरेक व्यक्तिलाई सन्तुष्ट बनाउने उद्देश्यसाथ हामी निरन्तर सुधार गर्दै आएका छौँ।”

स्थानीय युवाको पहलमा सञ्चालनमा आएको यस एजेन्सीले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको सरोकारवालाहरू बताउँछन्। ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय सेवा सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै ग्लोब ट्रट नेपालले अन्य युवालाई पनि उद्यमशीलतामा प्रेरणा दिएको स्थानीयवासीको भनाइ छ।

यस एजेन्सीबाट सेवा लिएका बुद्धशान्तिका सुधिर ठाकुरले ग्लोब ट्रट नेपाल सस्तो, छिटो र भरपर्दो भएको अनुभव सुनाए। “पहिले टिकट लिन बिर्तामोडसम्म जानुपर्ने हुन्थ्यो, अहिले गाउँमै सजिलै सेवा पाइन्छ,” उनले भने, “सेवामा पारदर्शिता र व्यवहारमा अपनत्व भएकाले भविष्यमा पनि यही एजेन्सीबाट सेवा लिने विश्वास छ।”
स्थापनाको छोटो अवधिमै स्थानीयस्तरमा विश्वासिलो पहिचान बनाउन सफल ग्लोब ट्रट नेपालले आगामी दिनमा सेवा विस्तार गर्दै अझ गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। यसले बुद्धशान्ति मात्र नभई आसपासका क्षेत्रका नागरिकलाई समेत यात्रासम्बन्धी सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।


तस्वीरमा : एजेन्सीले सेवा दिएका ग्राहकको तस्वीर



















