चन्द्रयान ३ इसरोको सम्पर्कमा आउन सकेन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुगेको अनुमान

नयाँदिल्ली । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान–३ को रोभरले पुनः सम्पर्क गर्ने संकेत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।

एक महिनाअघि (अगस्ट २३) मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो । पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने संकेत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

EPIC EPIC EPIC

चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ । यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो ।

चन्द्रमाको सतहमा एक सय मिटर गुडेको रोभरले त्यहाँ सल्फर, फलाम, अक्सिजन र अन्य तत्वहरूको उपस्थिति रहेको पुष्टि गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो र समग्रमा चन्द्रमाको सतहमा अवतरण गराउने अमेरिका, रुस र चीन पछि चौथो देश हो । एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च