चाडपर्वमा इन्धन अभाव नहुने दाबी

काठमाडौं – नेपाल आयल निगमले चाडपर्वको बेला बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । इन्धनको आपूर्ति नियमित रूपमा भइरहेको र पर्याप्त मात्रामा मौज्दात भएकाले अभाव नहुने दाबी निगमले गरेको हो ।

चाडपर्वको बेला मानिसको आवतजावत धेरै हुने भएकाले पनि इन्धनको खपत धेरै हुने गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले इन्धनको मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताए । कुल भण्डारण क्षमताको ९० प्रतिशत मौज्दात रहेको र आपूर्तिमा कुनै अवरोध नभएकाले पनि दशैँमा इन्धन अभाव नहुने उनको भनाइ छ । धेरै मानिस दशैं मान्नका लागि उपत्यकाबाट गाउँ जाने हुँदा आवतजावत बढी भई इन्धन खपत पनि धेरै हुने गरेको छ ।

EPIC EPIC EPIC

देशैभर दशैँको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको निगमले जानकारी दिएको छ । उपत्यकाबाट ठूला गाडी बाहिर जाने भएकाले दशैँमा डिजेलको खपत पनि बढ्छ ।

पेट्रोलको खपत पनि सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको निगमको भनाइ छ । सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यसको खपत ५२ लाख पुगेको छ । यस्तै दैनिक १९ लाख लिटर खपत रहेको पेट्रोलको खपत बढेर २५ लाख लिटर पुगेको निगमको भनाइ छ । नौरथा लागेदेखि नै बढ्दो क्रममा रहेको पेट्रोलियमको माग दैनिक जसो बढ्दै गएको निगमले बताएको छ।

काठमाडौं उपत्यकामा पनि डिजेल पेट्रोलको खपत दैनिक दुई लाख लिटरले बढेको निगमको थानकोटस्थित निगमको बागमती प्रादेशिक कार्यालयले जनाएको छ । सामान्य अवस्थामा दैनिक सात लाख लिटर डिजेलको खपत हुने उपत्यकामा अहिले बढेर नौ लाख हाराहारीमा पुगेको छ ।

यस्तै पेट्रोल खपत दैनिक दुई लाख लिटरको दरले बढ्दै गएको छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे ६ लाख लिटर खपत हुने गरेकोमा दशैं नजिकिँदै गर्दा बढेर साढे ८ लाख पुगेको कार्यालयको भनाइ छ । बजारमा पेट्रोल प्रतिलिटर १३० रुपैयाँ र डिजेल ११३ रुपैयाँ छ । पछिल्लो एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *