चितवनमा घरदैलो गर्दै सभापति लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले शनिबार (आज)देखि घरदैलो कार्यक्रम गर्दैछन् । निर्वाचन सम्पन्न भई विजयी बनेको एक वर्ष पुगेको अवसरमा आज (शनिबार)देखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागिएको उक्त पार्टीले जनाएको छ ।

सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि तपाईंको घरदैलोमा आउँदैछ। निर्धक्क भएर साथ, सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी तथा मार्गनिर्देशन गर्नुहुन अनुरोध गर्दछौं ।’

EPIC EPIC EPIC

घरदैलो कार्यक्रमका क्रममा सांसदहरुले जनताबाट सुझाव लिने र गुनासा सुन्ने छन् । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिकतर्फका आफ्नो जिल्लाकेन्द्रित भएर कार्यक्रम तय गर्ने बताइएको छ । यस्तै सभापति लामिछाने घरदैलो कार्यक्रमअन्तर्गत शुक्रबार नै आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा पुगिसकेका सो पार्टीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च