चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’

बेइजिङ – अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । 

तीव्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ वैवाहिक सामाजिक संकटतर्फ धकेलिएको छ । अहिले अवस्था यस्तो छ कि धेरै युवाहरू अविवाहित छन्, उनीहरूसँग न बिहे गर्ने समय छ, न त मन नै छ ।

EPIC EPIC EPIC

यो प्रवृत्तिप्रति सरकार र समाज दुवै चिन्तित छन्, किनभने जन्मदरमा आएको ह्रास र पारिवारिक संरचनाको कमजोरीले देशको सामाजिक संरचनालाई असर गरिरहेको छ । यो सामाजिक परिवर्तनको बीचमा एक नयाँ प्रवृत्ति भने देखा परेको छ। त्यो हो, लाइभ भिडियो डेटिङ शो। 

रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् । 

रिपोर्टका अनुसार चीनमा ३० प्रतिशतभन्दा बढी युवाहरू अझै अविवाहित छन्। यसको प्रमुख कारण शिक्षा र करियरलाई लिएर बढ्दो दबाब रहेको विज्ञहरू बताउँछन् । युवाहरूसँग डेटिङ वा सम्बन्धका लागि समय नै हुँदैन। यस्तो अवस्थामा व्यवस्थित विवाह वा पारिवारिक सञ्जालजस्ता परम्परागत विधिहरू मार्फत सम्बन्ध स्थापित गर्ने इच्छा पहिलेको जस्तो सहज छैन।

यद्यपि, डेटिङ शोले भने केही राहत गरेको छ । यी शोहरू हरेक राति ११ बजेबाट सुरु हुने यी सत्रहरू साइबर म्याचमेकर टियान जिनजस्ता प्रभावशालीले आयोजना गरेका छन्। जसको प्रत्येक सत्रमा एकपटकमा कम्तीमा ८०० भन्दा बढी दर्शकहरू सामेल भइरहेका छन् ।

यी लाइभ डेटिङ सत्रहरूमा भाग लिने युवाहरूले क्यामेरामा आफ्नो बारेमा बताउनु पर्छ। आफ्नो उमेर, पेशा, आय, शौक र व्यक्तिगत प्रतिभा जस्ता कुराहरू साझा गर्नु पर्छ । कतिपय सहभागीले गीत गाउँछन् भने कोही आ–आफ्नो शैलीमा नाच्दै दर्शकको मन जित्ने प्रयास गर्छन् । वास्तविक प्रतिक्रिया लाइभ टिप्पणीहरू मार्फत पनि उपलब्ध हुन्छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *