बुधबारे । बुद्धशान्ति गाउँपलिका स्थित श्री जगद्गुरु जन्मस्थल संरक्षण तथापुर्वीय दर्शन अध्ययन केन्द्र” को साधारण सभा “नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको समुपस्थितिमा सम्पन्न भएको छ । उक्त सभामा उपस्थित जनसमूहले अधिकांश पुरानै अनुहारका नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा लिलाशरण भट्टराई, उपाध्यक्षमा अर्जुनकुमार सुवेदी, उपाध्यक्षमा नन्दकुमार तिम्सिना, सचिवमा कृष्णप्रसाद ढकाल, सहसचिवमा भूमिका भट्टराई, कोषाध्यक्षमा केदार कोइराला, सदस्यमा जयप्रसाद रसाइली, सावित्रा न्यौपाने, नारद आचार्य, प्रेम शिवाकोटी लगायत चयन भएका छन् । यससँगै सस्ंथामा गत हरिशयनी एकादशीबाट हरिबोधिनी एकादशी सम्म गरिएको भागवत पाठमा ५९जना आचार्य व्यासविद्धान पण्डितज्युहरुले पालो मिलाएर निशुल्क आफ्ना अनमोल अमृतवाणी वाचन गराउनु भएको थियो । जसमा आर्थिक सहयोग सहित प्रत्येक दिनको दीपप्रज्वलन लब्धप्रतिष्ठित व्यक्तित्वहरुको बाहुलीबाट नित्य गरिएको थियो ।
केन्द्रका अध्यक्ष लिलानाथ भट्टराईको अध्यक्षतामा नन्दकुमार तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए । जसमा कंचनजंघा एफ.एमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, खगेन्द्र ढुंगाना, पुर्वशिक्षक टिका पोख्रेल, समाजसेवी देवी खतिवडा, शिबसर, पण्डित नारायणप्राद भट्टराई, शिवराज भट्टराई, आजीवन सदस्यहरु र शुभेच्छुकहरुको बिशाल उपस्थितिमा महाराजश्रीका बाहुलीबाट सबैलाई प्रशंसापत्र वितरण गर्दै पुर्विय दर्शन र नेपालमा रहेका १२ ज्योतिर्लिङ्ग बारे गर्नुभएको व्याख्यानले सबैलाई गद्गद् गराएको थियो ।
सस्ँथाका अध्यक्ष लिलानाथ भट्टराईबाट सस्ँथाको बार्षिक विवरण प्रस्तुत भएको थियो भने सस्थाका सचिव कृष्णप्रसाद ढकालबाट सस्थाको आर्थिक प्रतिवेदन र सस्ँथाको भावि योजनाबारेमा बिस्तृत विवरण प्रस्तुत गरिएको कुरा संस्थाका सचिव कृष्ण प्रसाद ढकालबाट जानकारी भएको छ । यस त्रिदिवशीय कार्यक्रममा एकादशी माहात्म्य २०७९÷०१÷१४गते बुधबार विद्धान पण्डितज्युबाट पाठ भई परमादरणीय जगद्गुरु महाराजश्रीबाट पुर्विय दर्शन बारे ब्याख्यान र आशिर्वचन हुँदै कार्यक्रम समापन गरियो ।