Search
Close this search box.
Search
Close this search box.

जनता क्याम्पसमा भएको कविता प्रतियोगितामा दिपा बनिन् पब्लिक च्वाइस अवार्ड विजेता

दिपेन्द्र लुईटेल । स्वतन्त्र बिध्यार्थी युनियन (स्ववियु) जनता महुमुखी क्याम्पस द्वारा आयोजित खुल्ला कबिता प्रतियोगिता हिजो सम्पन्न भएको छ । प्रतियोगिताबाट उत्कृष्ट १५ मध्ये अन्जना पोखरेल ‘धार्मिक सहिष्णुता कायम राखौं’ प्रथम भएकी हुन् । ‘नेपाल आमाको गुनासो सहिद सँग’ शीर्षकको कविता वाचन गर्दै दिपा लुइँटेल द्वितीय, ‘म र मेरो पिता’ शीर्षकको कविता वाचन गर्दै प्रकाश चौलागाईं तृतीय र ‘रजस्वला’ शीर्षकको कविता वाचन गर्दै सिर्जना कार्की सान्त्वना भएकी हुन् । शुक्रबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्ववियुले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको हो ।

जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको हो । क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रतियोगिताका लागि प्राप्त कविता मध्ये उत्कृष्ट १५ कविता छनोट गरि प्रतिस्पर्धाका लागि वाचन गराइएको थियो ।

EPIC EPIC EPIC

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले साहित्यको माध्यमबाट कविता लेखेर जनचेतना फैलाउन सकिने भएकाले नेपाली भाषा साहित्यको संरक्षणका लागि क्याम्पसमा साहित्यिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै स्ववियुको अफिसियल फेसबुक पेजमा प्रकाशित भिडियोमा सर्वाधिक लाइक प्राप्त गर्ने दिपा लुइँटेललाई Public choice award को उपाधी प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा जनता बहुमुखी क्याम्पस नेपाली भाषा विभाग प्रमुख मदनराज बराल, उप-प्राध्यापक कवि टीका आत्रेय र प्राध्यापक रामचन्द्र भट्टराई निर्णायकको भूमिकामा रहेका थिए ।

स्ववियुले उक्त कार्यक्रमकाबीच कवि टीका आत्रेय र छविना मगरलाई सम्मान गरेको छ ।
कवि टीका आत्रेय जनता बहुमुखी क्याम्पसका उप-प्राध्यापक हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगिता २०७९ को विजेता आत्रेय र नेपालकै चर्चित रियालिटी शो द पोइट आइडलको उत्कृष्ट १२ मा पुग्न सफल छविनालाई सम्मान गरिएको हो ।

साहित्य लेखनमा निरन्तर साधना गर्दै नेपाली भाषा साहित्यको माध्यमबाट यस क्षेत्रलाई परिचित गराउन सफल भएको भनी सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्मानित कवि टीका आत्रेय र कवि छविना मगर साथै क्याम्पसका पूर्व विद्यार्थी एवं कवि युवराज काफ्लेले अतिथी कविका रुपमा कविता वाचन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *