काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो।
दुर्घटनास्थलमा जहाजमा आगो लागेको छ भने इन्जिनहरू पड्किएको आवाज सुन्न सकिन्छ। जहाजमा कति यात्रु सवार थिए भन्नेबारे यकिन विवरण आइसकेको छैन। काठमाडौं उपत्यका प्रहरी प्रवक्ता दिनेशराज मैनालीले क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको जानकारी दिए।
अहिले घटनास्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरिएको छ। केही विमानहरू आकाशमै होल्ड भएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



















