बुधबारे । जागृति महिला विकास संस्था बुद्धशान्ति ३ झापाले तीज बिशेष कार्यक्रम सम्पन्न गरेको । नजिकिँदै गरेको महान पर्व तीजको अवसरमा कार्यक्रम गर्दै मनाएको हो ।

संस्थाकी अध्यक्ष विष्णुमाया दाहालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा ज्येष्ठ नागरिक दिव्या प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हिरा सुबेदीले स्वागत मन्तव्य राखेकी थिईन् भने फणिन्द्र ढुंगाना तथा ईश्वरीराज ढकालले तीजको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा स्थानीय खोईमाया धिमाल र रामदुलारी शाहलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संञ्चालन बिमला अधिकारीले गरेकी थिईन् ।