जाजरकोट:जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१२ तल्लुमा भेरी खोलाको निर्माणाधीन बेली पुल भत्किँदा चार जनाको मृत्यु भएको छ । मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन । घटनामा गम्भीर घाइते भएका अन्य चारजनालाई राडीस्थित स्वास्थ्यचौकीमा पठाइएको आठबिसकोट नगरपालिकाका पूर्वप्रमुख गोरखबहादुर केसीले बताए ।
















