जीवन भन्नू नै अनुभवको विज्ञान हो।

– सीता खरेल

EPIC

मेरो बुझाइमा जीवनको वास्तविक परिभाषानै त खासै केहि छैन,तर व्यक्ति, समय, परिस्थिति र भोगाइ अनुसार जीवनको परिभाषा फरक-फरक हुने गर्दछ । जसले जीवनमा जस्तो परिस्थिति सामना गरेकाे छ चाहे त्यो सुखदुःख नै किन नहाेस् त्यही अनुसार जीवनको परिभाषा मानिसहरुले दिने गर्दछन्।

EPIC EPIC EPIC

जीवनका अनेकौं परिभाषाहरु छन् । मेरो विचारमा “जीवन बिगतको अनुभव ,वर्तमानकाे सिकाइ र भबिष्यको योजना हो”। त्यस्तै गरेर जीवन एउटा नाटक हो यहाँ जसले प्रदर्शन अनुसारको रंगमन्च पाउने गर्छ ।समग्र रूपमा भन्ने हो भने “जीवन भन्नू नै अनुभवको बिज्ञान हो।”

हुनत जीवन तीन अक्षरकाे छ, तर यसले मानिसको जन्मदेखि मृत्यु सम्मको अवधि लाई नै पुर्ण रूपमा परिभाषित गरेको छ। जब मानिस आमाको कोखबाट जन्म लिन्छ त्यसपछि उसले पाउने वातावरण ,स्याहार सुसार अनि आमाको अपार मायाका साथ हुर्कने गर्छ , त्यसपछि पारिवारिक संस्कार ,मित्रहरूको संगत र गुरुहरुको शिक्षा अनि उस्ले निर्धारण गर्ने लक्ष्यको आधारमा उसकाे जीवन कस्तो हुने हो निर्धारण हुन्छ ।

यदि उसले पाउने शिक्षा , गर्ने संगत र निर्धारण गरेको लक्ष्य उसकाे जीवनमा उपयुक्त भयो भने उसले जिवनमा अपार सफलता प्राप्त गर्छ ,यदि सोही बिपरित भएमा उसले जिवनमा अपार असफलता पनि सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले हामी मानवले हामीले पाएकाे जीवन के हो? सुन्दर जिवन बनाउन मैले के गर्नु जरुरी छ ? यस्ता प्रश्नहरु आफैंले सोचेर अघि बढ्न सकियो भने मात्र हामीले सोचे जस्तो जीवन पाउन सक्छौ र तपाईंको जीवन कस्तो हुने हो त्यो तपाईंमा भएकाे क्षमता, सोचले पनि निर्धारण गर्दछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *