काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाउने क्रममा देखा परेका कानुनी प्रश्न समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले निरन्तर सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन्। जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि संवैधानिक जटिलता देखिएपछि राष्ट्रपति सक्रिय भएका हुन्।
यसै क्रममा कानुनविद्हरसँगको छलफलसँगै जेनजी अभियन्ता सुदन गुरुङलाई समेत शीतल निवास बोलाइएको छ। जेनजी पक्षले संविधानको दायरामै रहेर निकास खोज्ने सकारात्मक संकेत दिएकोले अन्तरिम सरकार आजै गठन हुने सम्भावना बढेको छ।
यता, शीतल निवासले बिहानै गृह मन्त्रालयलाई नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको समेत खुलासा भएको छ।