झापा । बिहीबार झापाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याएका छन् ।
कुन पालिकामा कति बजेट ?
दमकको बजेट
दमक नगरपालिकाले १ अर्ब, ३८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट नीति तथा कार्याक्रम प्रस्तुत गरेको छ । ९ औँ नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बार्षिक नीति तथा कार्याक्रम प्रस्तुत गरेकी हुन् । नगरपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । दमक नगरपालिका नीति तथा कार्यक्रममा कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तीमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने जनाइएको छ ।
मेचीनगरको बजेट
मेचीनगर नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर १ अर्ब ५३ करोड, ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमेयर मिना पोखरेलले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास तर्फ ६७ करोड, १८ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । मेचीनगरले पूर्वाधारसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।
बिर्तामोडको बजेट
बिर्तामोड नगरपालिकाले १ अर्ब २७ करोड, ८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बिर्तामोड नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगरपालिकाले पूर्वाधार विकास तर्फ ५६ करोड, १४ लाख, सामाजिक विकासमा ३८ करोड, २ लाख, आर्थिक विकासमा २८ करोड, २७ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
चालु खर्च तर्फ ४४ करोड ३५ लाख, १४ हजार, पूँजीगत खर्च ६६ करोड ४२ लाखm ६५ हजार र सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । कोरोना महामारीको कारण भने नगरको आन्तरिक स्रोतमा २० प्रतिशत कम संकलन भएको जनाइएको छ ।
अर्जुनधाराको बजेट ः
अर्जुनधारा नगरपालिकाले ८२ करोड, ८४ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले १७ करोड २० लाख रुपैयाँ बजेट पूर्वाधार विकासमामा विनियोजन गरेको छ । गौरादह नगरपालिकाले ७१ करोड, ८३ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । ८ औँ नगरसभामा उपप्रमुख गीता भेट्वालले बजेट प्रस्तुत गरेकी हुन् ।
भद्रपुरको बजेट :
भद्रपुर नगरपालिकाले ८३ करोड, १३ लाख, २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । भद्रपुरले ३४ करोड पूर्वाधार विकासमा, २९ करोड ८० लाख रुपैयाँ सामाजिक विकासमा विनियोजन गरेको छ । कनकाई नगरपालिकाले ७३ करोड, ७१ हजार, ४२० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
कमल गाउँपालिकाको बजेट
कमल गाउँपालिकाको आगामी आर्थिक वष २०७८÷०७९मा सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले गाउँसभामा प्रस्तुत गरेको भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिकतर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगततर्फ ३५ करोड ५ लाख ९८ हजार रुपैयाको बजेट गाउँसभाले पारित गरेको हो ।
पारित गरिएको बजेट अन्तर्गत विकास तर्फ ७ करोड ८९ लाख १० दश हजार,सामाजिक विकास तर्फ ३२ करोड २० लाख १५ हजार पूर्वाधार विकासतर्फ २१ करोड ४७ लाख १८ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९१ लाख ५० हजार संस्थागत, सुशासन तथा अन्तर सम्बन्धित ९ करोड १२ लाख रुपैया गरी जम्मा ७१ करोड ५९ लाख ९३ हजार बजेट विनियोजन भएको हो । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेद्वारा प्रस्तुत गरिएको बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।