झापाका पालिकाहरूमध्ये हल्दिबारी ‘उत्कृष्ट’: असल अभ्यासमा जिल्लामै प्रथम



झापा। झापाको जिल्ला समन्वय समितिले गरेको ‘असल अभ्यास कार्यक्रम’ अन्तर्गतको मूल्याङ्कनमा हल्दिबारी गाउँपालिका जिल्लाभरिका पालिकाहरूमध्ये प्रथम हुन सफल भएको छ। सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन र सुशासनका विभिन्न कडा सूचकहरूका आधारमा गरिएको यस परीक्षणमा हल्दिबारीले अन्य पालिकाहरूलाई उछिन्दै उत्कृष्ट स्थान सुरक्षित गरेको हो। विशेषगरी सीमित स्रोत र साधनका बाबजुद पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य र कृषि जस्ता जनसरोकारका क्षेत्रमा प्रभावकारी र नतिजामुखी काम गरेको भन्दै पालिकालाई यो सम्मान प्रदान गरिएको हो।


जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले जनप्रतिनिधि र कर्मचारीहरूको उच्च इमान्दारिता तथा आपसी समन्वयका कारण नै हल्दिबारीले यो सफलता प्राप्त गरेको बताउनुभयो। उहाँले थोरै बजेट र स्रोतका बीच पनि पालिकाले देखाएको कार्यसम्पादनको परिणाम जिल्लाकै लागि नमुना र प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। यस उपलब्धिसँगै गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्राप्त सम्मानले खुसी दिलाउनुका साथै आगामी दिनका लागि थप जिम्मेवारी र चुनौती पनि थपेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस उत्कृष्ट छविलाई कायम राख्दै जनताका लागि अझ प्रभावकारी र सहज सेवा प्रवाहमा निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाउनुभयो।

EPIC EPIC EPIC


गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा आयोजित सो विशेष कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने जिल्ला समन्वय अधिकारी अमृत बहादुर राई विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू र कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो।

समारोहमा योजना शाखा प्रमुख राजन न्यौपानेले पालिकाको प्रगति र भावी योजनाबारे छोटो प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमको सफल सहजीकरण प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले गर्नुभएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *