झापाका ५८३ हात्तीपीडितलाई १ करोड ९० लाख राहत, अझै ५२५ जना सहायता पर्खाइमा

झापा, ५ असार । झापाका हात्तीपीडितलाई रू एक करोड ९० लाख भन्दा बढी राहत उपलब्ध गराइएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रू एक करोड ९० लाख एक हजार नौ सय ९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक डा. सोनाम भलले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

वन कार्यालय झापाले पाँच सय १० हात्तीपीडित घरपरिवारलाई रू ६९ लाख ९३ हजार पाँच सय ६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रू एक करोड २० लाख आठ हजार चार सय २८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रू १० लाखका दरले रू एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रू ११ लाख १८ हजार छ सय २८, हात्तीले २२ वटा घरको क्षति पु¥याए वापत रू चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याए वापत रू एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पु¥याएवापत रू दुई लाख ७९ हजार आठ सय र एउटा पशुधनको क्षतिपूर्तिवापत रू १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा. भलले जानकारी दिनुभयो ।

जिल्लामा पाँच सय २५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई रू ८७ लाख २४ हजार पाँच सय ३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीको आक्रमणबाट घाइते भएका छ जना मध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा.भलले बताउनुभयो ।

“हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा दुई लाख दिने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अंगभंग भएकालाई पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारीतवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उहाँ बताउनुहुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *