झापाकी ५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मोटरसाइकल यात्रामार्फत नेपाली महिलाको साहस र पहिचान प्रवर्द्धन गरिरहेकी शुशिला उप्रेती तिवारी (बुलेट आमा) लाई प्रशंसा पत्र प्रदान गरेको छ।

आज एक समारोहमा महानगरकी उपप्रमुख सुनिता डंगोलले तिवारीलाई प्रशंसा पत्र प्रदान गर्दै उनको आगामी अन्तरदेशीय यात्राको सफलताको शुभकामना दिइन्। सो अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरे भने प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

प्रशंसा पत्र हस्तान्तरण गर्दै उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा नेपाली महिलाको साहस र आत्मनिर्भरताको प्रतीक भएको उल्लेख गरिन्। “५५ वर्षको उमेरमा नेपाली महिलाको परम्परागत पोशाक गुन्युचोली लगाएर मोटरसाइकल यात्रामा निस्किनु अरू महिलाहरूका लागि प्रेरणादायी उदाहरण हो,” उनले भनिन्।

झापाको बुधबारेकी तिवारीले विश्वशान्तिको सन्देश फैलाउने उद्देश्यसहित गत भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा सुरु गरेकी थिइन्। नौ दिनमा सुदूरपश्चिम प्रदेशको गड्डाचौकी पुगेर पहिलो चरणको यात्रा पूरा गरेकी उनले अब भारत, बङ्गलादेश, मलेसिया हुँदै थाइल्यान्डसम्म यात्रा गर्ने योजना सुनाइन्। “सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न यो यात्रा जारी राख्नेछु,” तिवारीले भनिन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *