झापाको कचनकवललाई समर्पित गीत सार्वजनिक हुने तयारीमा

झापा । नेपालको सबैभन्दा होचो भूभाग मानिने कचनकवल गाउँपालिकालाई केन्द्रमा राखेर तयार पारिएको नयाँ गीत छिट्टै सार्वजनिक हुने भएको छ।

‘जति घुमौं शहर बजार, जति डुलौं देश विदेश’ बोलको उक्त गीतका शब्द प्रमोद खतिवडाले लेखेका हुन्। गीतमा कचनकवलकै प्रतिभाशाली गायक-गायिका दीपक सापकोटा, दीपा तामाङ, विनुसा राई, सबिन लिम्बू, सडज लिम्बू सम्बाहाङ्फे, इन्जिनियर प्रमोद खतिवडालगायतका कलाकारहरूले आवाज दिएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

गीतको संगीत संयोजन तथा कम्पोजिसन सबिन लिम्बुले गरेका छन्। सांगीतिक सिर्जनामार्फत कचनकवल गाउँपालिकाको भौगोलिक विशेषता, सांस्कृतिक धरोहर तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

स्थानीय परम्परा, जीवनशैली र प्राकृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको यस गीत चाँडै दर्शक तथा श्रोतामाझ ल्याइने जानकारी संगीत संयोजक लिम्बुले दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *