झापा। झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २४ वर्षिय उत्सव चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको छ।
त्यस्तै गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोष डाँगी र २७ वर्षिय साजन राजवंशीको साथबाट १ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्रउनसुगर बरामद गरेको थियो ।
ब्राउनसुगरसहित नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ।



















