झापाको बालुवाटार काण्डमा माओवादी नेता गगन पुरीसहित ९ जनालाई विशेष अदालतद्वारा दोषी ठहर

झापा। विशेष अदालतले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा मा‌ओवादी नेता रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

झापाको बालुवाटार काण्डले चर्चित दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सोही मुद्दामा उनीहरू दोषी ठहर भएका हुन्। आरोपितहरूको जग्गा जफत हुने विशेष अदालतले फैसला गरेको छ।

यसअघि नै सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरिसकेको थियो। सोही मुद्दामा उनकी श्रीमतीलाई समेत अदालतले दोषी ठहर गरेको थियो।

गगन पुरीलाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनकी श्रीमती श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाएको थियो।

गगन पुरी तिनै नेता हुन् जो माओवादी केन्द्रको तराई–मधेश जागरण अभियानका क्रममा झापामा प्रचण्डसँगै मर्निङ वाकमा देखिएका थिए। झापा पुगेका माओवादी नेताहरूको खटनपटनको सम्पूर्ण जिम्मेवारी यीनै पुरीले लिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *