झापामा जबरजस्ती करणीबाट एक बालिकाको पेटमा ७ महिनाको बच्चा, आरोपी फरार

झापा। झापामा जबरजस्ती करणीबाट ७ महिनाको गर्भ बोकेकी एक बालिकाको बिचल्ली भएको छ । गौरादह नगरपालिका– ९ झमक चोक क्षेत्रमा बसोबास गर्ने एक १६ वर्षीया बालिकाको गर्भमा ७ महिनाको बच्चा हुर्किरहेको पारिवारिक स्रोतले जनाएको छ ।

आफन्तको घरमा बसेर पढिरहेकी बालिकालाई एक राई थरका ५३ वर्षीय छिमेकीले जबरजस्ती करणी गरेपछि बालिका गर्भवती भएको परिवारले जनाएको छ । बालिकाले छिमेकी राईबाट पटक–पटक बलात्कृत भएको परिवारलाई जानकारी दिएकी थिइन् ।

EPIC EPIC EPIC

राईविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा गत जेठ २८ गते जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेले राई विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको जानकारी दिए । राईको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

छिमेकी राईले बालिकालाई पटक–पटक डरधम्की देखाएर करणी गरेको एक भिडियो संवादमा सार्वजनिक गरेकी छन् । उनले करणी गरेको विषयमा कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको बताइन् । डरधम्कीबाट त्रसित बालिकाले आफूमाथि करणी भएको विषय परिवारलाई समेत लुकाएकी थिइन् । महिनावारी नभएको आफन्तले थाहा पाएपछि बालिकालाई सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

अब २ महिनामा बच्चा हुन्छ, बालिकामाथि करणी गर्ने फरार छन्, उनका आफन्त भन्छन् – ‘अन्यायमा परेको बालिकालाई न्याय दिलाइदिनुहोस् ।’ जबरजस्ती करणीको घटना थाहा पाएपछि परिवारबीच छलफल समेत भएको बुझिएको छ । छलफलबाट घटनालाई सामसुम बनाउने प्रयास गर्दागर्दै जबरजस्ती करणी गर्ने व्यक्ति फरार भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *