झापामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण

झापा । पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको  छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए ।

झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेंगु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४  डेंगु सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *