झापामा पाँच महिनामै ४९६ नयाँ घरेलु तथा साना उद्योग दर्ता, झन्डै ८९ लाख राजस्व संकलन

झापा। झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा ४ सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ २ सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उनले जानकारी दिए ।

EPIC EPIC EPIC

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेका छन्  । कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेको सूचना अधिकारी भट्टराईले बताए । 

विभिन्न कारणले उद्योग बन्द हुनेको संख्याभन्दा नयाँ थपिनेको संख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले उल्लेख गरे । उनका अनुसार कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा ८८ लाख ८५ हजार ६०० राजस्व संकलन गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *