झापामा ब्ल्याक बेल्ट ग्रेडिङ तीन दिवसीय दीक्षान्त कार्यक्रम सम्पन्न

झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ ।

संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त भएको हो ।

EPIC EPIC EPIC

ग्रेडिङ परीक्षामा झापा, इलाम र सुनसरीका १३० जना खेलाडी सहभागी थिए । खेलाडीहरूलाई प्रयोगात्मकसहित सैद्धान्तिक ज्ञानसमेत प्रदान गरिएको बताइएको छ ।

सो दीक्षान्तको समापन कार्यक्रम मेची आँखा अस्पतालको सभाहलमा गरिएको थियो । उक्त अवसरमा सहभागी खेलाडीहरुले काता प्रदर्शन गरेका थिए भने उनीहरुलाई १०० पूर्णाङ्कको वस्तुगत प्रश्न सोधेर लिखित परीक्षा पनि लिइएको थियो ।

नेपाल सितोरियो कराते डो संङ्घका केन्द्रीय सदस्य तथा कराते महासंघ झापाका अध्यक्ष दुर्वासा कार्की (जगन) को अध्यक्षतामा भएको दीक्षान्त समापन कार्यक्रममा झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बू प्रमुख अतिथि रहनु भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जेके गुरुङ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले मन्तब्य राख्नु भएको थियो ।

वक्ताहरुले मार्शल आर्ट खेलेर एउटा व्यक्तिले आत्मरक्षाको सीप सिक्ने, शारीरिक तन्दुरुस्ती र अनुशासनको मार्ग पहिल्याउँछ भने अन्तर्राष्ट्रिय खेलबाट विजयी प्राप्त भएमा देशकै गरीमा बढ्ने बताउनु भयो ।

अनुशासित जीवनका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै उहाँहरुले खेलकुदले राष्ट्रको नामलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने धारणा राख्नु भयो ।

तीन दिवसीय ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम राखेप प्रशिक्षकहरु दुर्गाराज निरौला र राजु महर्जन तथा सहायक प्रशिक्षकहरु कृष्ण बस्नेत, दिपेश निरौला र कुन्ती गुरुङको नेतृत्वमा सञ्चालन गरिएको अध्यक्ष दुर्वासा कार्कीले जानकारी दिनुभयो ।

ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय सचिव प्रेमलाल महर्जन, केन्द्रीय कार्यालय सचिव हरिबहादुर थापा, निवर्तमान प्रमुख प्रशिक्षक तुलसी महर्जन, धर्म न्यौपाने लगायतको सहभागिता थियो ।

सो कार्यक्रममा नेपाल कराते महासंघका उपाध्यक्ष जीवन राई र सचिव राजेन्द्र लिम्बूसहित बिक्रम मेचे, प्रदीप प्रधान, दीपेन्द्र थापा, उदेश भारती, बलबहादुर बराल लगायतले स्वयमसेवीको रुपमा सहजीकरण गर्नुभएको जनाइएको छ ।

आज सम्पन्न ग्रेडिङको परीक्षाफल केन्द्रबाट प्रमाणित गरी प्राप्त भएपछि मात्र सार्वजनिक गरिने प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *