झापामा भन्सार छलिका ५० बोरा कांक्राको बीउसहित ट्याक्टर बरामद, चालक फरार

झापा, जेठ ६ — झापा जिल्लाको झापा गाउँपालिका–१ स्थित क्षेत्रबाट भन्सार छलिका अवैध सामान सहितको ट्याक्टर नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४:३० बजे शंका लागेर जाँच गरेको ट्याक्टरबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ५० बोरा कांक्राको बीउ फेला पारेको हो। प्रत्येक बोरा ५० किलो तौलको उक्त बीउको अनुमानित मूल्य दुई लाख पचास हजार रुपैयाँ रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार नम्बर प्लेट नभएको सो ट्याक्टरको समेत अनुमानित मूल्य पाँच लाख रुपैयाँ रहेको छ। ट्याक्टरसहित बरामद गरिएको सम्पूर्ण सामानको मूल्य सात लाख पचास हजार रुपैयाँ बराबर पुग्छ।

उक्त ट्याक्टर र सामान आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

घटनासँग सम्बन्धित ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *