झापा। नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्वसभापति मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन्। उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन्।
समितिलाई सशक्त बनाउँदै सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ। उक्त समितिको संयोजकमा पत्रकार महासंघ झापाका पूर्वसभापति मोहन काजी न्यौपाने चयन भएका छन्। सदस्यमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन्।
समितिले झापामा फोटो पत्रकारिताको स्तर उकास्न तालिम, अन्तरक्रिया, प्रदर्शनी लगायतका विविध कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसका लागि केन्द्रीय समितिसँग सहकार्य गर्ने जनाएको छ।