झापामा हाउजी खेलाउन प्रतिबन्ध

झापा– जुवाजन्य खेलकै रूपमा पैसा कमाउने उद्देश्यले हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि झापा जिल्ला प्रशासन कार्यालयले अबदेखि हाउजी खेलाउन प्रतिबन्ध लगाएको छ।

माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेको थियो। महोत्सवको दोस्रो दिन हाउजी खेलका लागि माइकिङ सुरु भएदेखि नै विरोध सुरु भएको थियो।

EPIC EPIC EPIC

आयोजक बिर्तामोड उद्योग वाणिज्य संघ ले तेस्रो दिन हाउजी खेलाएपछि प्रहरी प्रशासनले प्रतिबन्धको निर्णय गरेको हो। यसले गर्दा आगामी दिनमा महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा हाउजीजस्ता जुवा खेलाउन रोक लगाइने छ।

प्रशासनको यस कदमले जुवा तथा सट्टाबाजीजस्ता खेलहरूमाथि कडाइ गरिने संकेत गरेको छ। स्थानीयहरूले प्रशासनको निर्णयको स्वागत गरेका छन् भने सामाजिक विकृति नियन्त्रणका लागि अझ कडा कदम चाल्नुपर्ने माग राखेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *