झापाली समाज युएईद्वारा अति विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

झापा। झापाली समाज युएईको नयाँ सोच गरिब असाहय र बालबालिकाको लागि अक्षयकोष भन्ने मुल नारासहित बृहत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा सयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत झापालिहरुको सामाजिक संस्था झापाली समाज युएईको स्थापना २०७२ सालमा भएको हो।

EPIC EPIC EPIC

झापाको कनकाई नगरपालिका वडा नम्बर -३ मा रहेको झापाली समाज युएई नेपाल सम्पर्क समितिको कार्यालयमा आज एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो।

झापाली समाज युएई सम्पर्क समिती अध्यक्ष राजेन्द्र कुमार दाहालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती कनकाई नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष युवराज चौलागाईंको रहेको थियो।

छात्रवृत्तिमा बिर्तामोड नगरपालिकाबाट दिपक बुढाथोकी , झापा गाउँपालिका बाट निरुता टुडु , हल्दिबारी गाउँपालिका बाट जेनिशा परियार , शिवसताक्षी गाउँपालिका बाट उर्मिला बेगा, भद्रपुर नगरपालिकाबाट सग्खर ऋषि देव, बाह्रदशी गाउँपालिका बाट विष्णु माया लिम्बू , कचनकवल गाउँपालिका बाट पुष्कर कार्की , मेचीनगर नगरपालिकाबाट लिला बुढाथोकीलगायत छनोट कार्यमा परेका आयोजक समितिले जनाएको छ। उक्त छनोट मा पर्ने विद्यार्थीहरुलाई चेक मार्फत रकम वितरण गरिएको थियो।

यसैगरी, कार्यक्रमको स्वागत तथा कार्यक्रम को औचित्य माथी प्रकाश संस्थाका सल्लाहकार समिति संयोजक प्रदिप कुमार संग्रौलाले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव मित्रलाल पोख्रेलले गर्नु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *