बिष्णु लामिछाने/ बिश्वप्रकाश शर्मा नेपाली राजनीतिमा असल संस्कार बसाउने नयाँ पुस्ताका नेताका रुपमा परिचीत छन्।
नेपाली कांग्रेसका महामन्त्री शर्मा नेपाली राजनीतिमा नवीन प्रयोग गर्ने नेता पनि हुन् ।
पार्टीका आन्तरिक र संघिय निर्वाचनमा पटक-पटक पराजित भएर पनि निरन्तर उठ्न साहस गर्ने नेता हुन,बिश्वप्रकाश।
पहिलोपटक संघीय निर्वाचनमा पराजित भएपछि शर्माले नेकपा एमालेका रविन कोइरालालाई फुलमाला लगाइदिएर राजनीति सुन्दर पनि हुनसक्छ भनि संकेत गरेका थिए।
आफ्नै पार्टी भित्रको प्रतिस्पर्धामा जिल्ला सभापतिमा पराजित भएपनि शर्मा केन्द्रिय सदस्य हुँदै महामन्त्री जित्न सफल भएको इतिहास पनि टाढा छैन।
संघीय निर्वाचनमा दोश्रो पटक पनि तत्कालीन बाम गठबन्धनका राम कार्कीसँग पराजय भोगेका शर्माले पार्टीमा भने महामन्त्री जित्न सफल भए।
आशंका र चासोका बिचमा तेश्रो पटक उम्मेदवारी दिएका शर्माले, अघिल्ला दुइपटकका आफ्नो हारको प्रत्युत्तर स्वरुप ठुलो मतान्तरले जित निकाल्न सफल भएका छन्।
यसपटक शर्माले नेकपा एमालेका अग्नि खरेललाई १४२७५ मतले पराजित गरेका छन्।
खरेलले कुल २५३४९ मत पाँउदा शर्माले भने ३९६२४ मतको जनसमर्थन पाए।
झापा क्षेत्र नम्बर १का ८१३९६ मतदाताले खसाएको मत मध्येको झन्डै ५० प्रतिशत जनादेश पाएका शर्मा सो क्षेत्रका नेपाली काङ्ग्रेसका दोश्रो संघिय सांसद हुन्।
पार्टी भित्रको आन्तरिक चलखेल मिलाउन नसक्दा अघिल्ला चुनावमा पराजय भोग्नु परेको आरोप लागेपनि सो क्षेत्रमा बाम समर्थकको संख्या ठुलो रहेको देखिन्छ।
आन्तरिक समीकरणको ब्यवस्थापन र बिपक्षिहरुको बलियो स्नेहका बिचबाट जित निकालेका शर्माका आगामी दिन भने त्यति सहज देखिदैन।
शर्मालाई शान्तिनगरको गौंडा देखी निन्दा सिरान र मेचिनगरका बजार देखी भद्रपुर सम्मका मतदातालाई खुशि पार्ने मात्रै नभई देशभरमा आफ्नो कद अग्लो राख्न पर्ने चुनौती छ।
बाम सांसदहरु जितपछी नफर्किएका सो क्षेत्रमा शर्माले गर्नपर्ने काम र आफैंले तिनपटक सम्म मतदाता समक्ष राखेका बाचा पुरा गर्नुपर्ने जिम्मेवारीको चाङ उत्तिकै छ।


















