झापा इनर्जीको उद्घाटन माघ २३ गते एमाले अध्यक्ष ओलीले गर्ने

झापा । कोशी प्रदेशकै सबभन्दा ठूलो सौर्य उर्जा परियोजना आगामी २३ गते उद्घाटन हुने भएको छ। झापाको शिवसताक्षी नगरपालिकामा रहेको झापा इनर्जी लिमिटेडले परियोजनाको  निर्माण गरेको हो । उक्त परियोजनाबाट १० मेघावाट क्षमताको बिजुली उत्दान गरिएको छ ।  नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र ४ बाट सांसद एलपी साँवाको अगुवाईमा शुरु भएको परियोजनाको कुल लागत ८५ करोड रुपैंयाँ रहेको छ ।

परियोजना निर्माण शुरु भएको दुई वर्षमा नै सम्पन्न भएको हो । परियोजना नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताएका छन् । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण शुरु गरिएको थियो ।  उक्त परियोजना बैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ। आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC
May be an image of 8 people and text

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुनेछ। परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ। यस परियोजनाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जीका प्रवन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *