नेपाली काँग्रेस झापाको सोमबार भएको प्रतिनिधिसभा स्तरीय क्षेत्रीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। झापाका ५ वटै क्षेत्रमा मत परिणाम आईसकेको छ ।
झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले प्रतिद्धन्दी गोपाल तामाङलाई २४६ मतले पछि पार्दै सभापतिमा निर्वाचित भए । बुढाथोकीले ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा खगेन्द्र मैनाली पुनः निर्वाचित भएका छन् । मैनालीले ३७० मत प्राप्त गरेर विजेता बने भने प्रतिद्धन्दी मोहन सुव्वा लिम्बूले २१६ मत प्राप्त गरे।
क्षेत्र नम्बर ३को सभापतिमा गणेश पोखरेल निर्वाचित भएका छन्। पोखरेलले प्रतिद्धन्दी राजेन्द्र घिमिरेलाई हराउँदै पुनः सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै, झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा जयनारायण शाह विजयी भएका छन् । शाहले अर्का प्रत्यासि नारायण बजगाईंलाई पछि पार्दै विजयी भएका हुन् । शाह झापा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
झापा क्षेत्र नम्बर ५को सभापतिमा ढुण्डीराज भण्डारी कूल ४४७ मत ल्याएर विजयी भएका छन् । उनि पनि दोश्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन ।



















